काठमाडौं- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने माग एमाले र रास्वपाका सांसदहरूको छ। मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए।
तर यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ। सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइका रूपमा राख्ने प्रस्ताव गरेको थियो।
यो प्रस्तावमा सत्तारूढ नेपाली कांग्रेसलगायत र प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले विरोध गरेपछि सरकार पछि हटेको थियो।