सोमबार, वैशाख २८, २०८३

कांग्रेसको साधारण सदस्यता अनलाइनबाटै, शुल्क २० रुपैयाँ

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो।

National life

समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अबदेखि कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको बेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने निर्णय गरेको हो।

कांग्रेसको वेबसाइट www.nepalicongress.org/online-membership मा सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुने पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। २० रुपैयाँ बुझाएर अनलाइनबाटै कांग्रेसको साधारण सदस्यता लिन सकिने व्यवस्था मिलाइएको पराजुलीले बताए।

यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ।

यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकामा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरिएको उनले बताए।
 

प्रकाशित: Jun 27, 2023| 18:59 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्