सोमबार, माघ ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कटान रोक्न राप्तीमा आपतकालीन तटबन्ध

 |  मंगलबार, असार १२, २०८०

रासस

रासस

मंगलबार, असार १२, २०८०

ntc landingntc landing

जानकी- प्रत्येक बर्खामा कटान हुने बाँकेको राप्ती सोनारी-२ कचनापुरस्थित दुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ।

himalayan bank box

लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो। सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत दुई करोड बजेट निकासा भएको छ।

‘सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पुर्‍याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ’, सांसद केसीले भनिन्। विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताए।

राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूलाठूला ढुंगा नदी छेउमा राख्ने गरिएको इन्जिनियर नायकले जानकारी दिए।

उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ। उनले ठूला ढुंगा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुंगा नराखिने बताए।

कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ।कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताए।

‘करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ।’ नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उनको भनाइ छ।

राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ। २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो। 

प्रकाशित: Jun 27, 2023| 21:02 मंगलबार, असार १२, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्