शनिबार, साउन २, २०८३

बजेट पारित गर्न माओवादीले लगायो ह्वीप

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा माओवादी मुख्य सचेतकले आफ्ना सांसदलाई बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेस गरिने आगामी आवको बजेटमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ। बुधबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम छ।

बजेट पारितका लागि आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार ह्वीप जारी गरिएको माओवादी मुख्य सचेत हितराज पाण्डेले बताएका छन्। 

यसअघि आजै सत्तारुढ कांग्रेसले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। दस दलीय गठबन्धनमध्ये नेकपा एस र जसपाले संशोधन नगरिए बजेट पारित हुन नदिइने चेतावनी दिएका छन्।

प्रकाशित: Jun 27, 2023| 16:02 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्