सोमबार, वैशाख २८, २०८३

एमाले र रास्वपा सांसदबाट संसद् बैठक अवरुद्ध

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन इकाइमा राखिने निर्णय फिर्ता माग गर्दै एमाले र रास्वपा सांसदले अवरुद्ध गरे प्रतिनिधिसभा।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासनको इकाइका रूपमा राख्ने निर्णय फिर्ता लिन माग गर्दै एमाले र रास्वपा सांसदले संसद् बैठक अवरुद्ध गरेका छन्। उनीहरुले बजेटमार्फत गरिएको निर्णय फिर्ता लिन रुलिङका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्। 

National life

आजको बैठकमा रास्वपाका सांसद रवि लामिछानेले सरकारको उक्त निर्णय फिर्ता लिन सभामुखमार्फत रुलिङ गर्न माग गरे। लामिछानेले रुलिङको माग गरेपछि रास्वपाका सांसदहरू आसनबाट उठेका थिए। सभामुख घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको बताए।

त्यसपछि सभामुख घिमिरेले बोल्न पालो दिएका कांग्रेस नेता रमेश लेखकले अर्थमन्त्री प्रकाशशरण महतसँग भएको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने भनेर आश्वस्त तुल्याएको जानकारी दिए।

एमाले प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेकाले नियोजित ढंगले जिल्ला निर्वाचन कार्यालय खारेज गरेको दाबी गरे। जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने उनको भनाइ छ।

रास्वपा र एमाले सांसदले उठेर विरोध गरिरहेपछि सभमुख घिमिरेले प्रतिनिधिसभा १५ मिनेटका लागि सदन स्थगित भएको घोषणा गरेका छन्।

प्रकाशित: Jun 27, 2023| 12:01 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्