सोमबार, वैशाख २८, २०८३

पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन : प्रधानमन्त्री दाहाल

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने बताएका छन्। 

National life

सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए। 

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको  छ। पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, प्रचण्डको भनाइ छ।  

१८ औँ शताब्दीमा कार्लमाक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए। 

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो। 

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्रीको विश्वास छ।

प्रकाशित: Jun 26, 2023| 20:02 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्