शनिबार, साउन २, २०८३

केन्द्रीय समिति बैठक माग गर्दै कांग्रेस मुख्यालयमा पत्र दर्ता

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन्। सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै आचार्यले लेखेको पत्रमा लामो समयदेखि केन्द्रीय समिति बैठक नबसेको उल्लेख छ।

पछिल्लो पटक कांग्रेसले २०७९ असार २७ देखि साउन २ सम्म केन्द्रीय समिति बैठक गरेको थियो। तर त्यसपछि केन्द्रीय समिति बैठक बसेको छैन। विधानको धारा २१ को उपधारा १२ ले केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नुपर्ने उल्लेख छ।

‘केन्द्रीय समिति बैठक यथाशीघ्र बोलाउन अनुरोध गर्दछु,’ आचार्यले सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालयमा सोमबार दर्ता गरेको अनुरोध पत्रमा उल्लेख छ। विभाग गठन नभएको, भ्रातृ संस्थाहरूले पूर्णता नपाएको, नीति महाधिवेशन मिति तय नभएको, महासमिति बैठक नबोलाइएकोजस्ता विषय उठान गर्दै यी विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बोलाउन आचार्यले माग गरेका हुन्।

आचार्यसहित कांग्रेसका केही नेताहरूले सातै प्रदेशमा रूपान्तरण अभियान भेलासमेत गरेका थिए। ती भेलाहरूमा पुग्दा पार्टीका नेता तथा कार्यकर्ता र जनताले विभिन्न प्रश्न गरेकोले त्यसबारे पनि केन्द्रीय समितिमा छलफल गर्नुपर्ने आचार्यको भनाइ छ।

 

प्रकाशित: Jun 26, 2023| 18:25 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्