सोमबार, वैशाख २८, २०८३

शंशाकले भने- कांग्रेस र एमालेको सरकार बन्दैछ भन्ने सुनेको छु

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने कुरा आफूले पनि सुनेको बताएका छन्। तर यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग भने कुनै छलफल नभएको उनले बताए।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए। उनले पार्टी सभापति देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे।

उनले आगामी १५औं महाधिवेशनमा आफू सभापतिमा लड्ने पनि सुनाए। कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताए।

प्रकाशित: Jun 26, 2023| 17:44 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्