काठमाडौं– कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन बोलाएका छन्। प्रदेश प्रमुख खापुङले सरकारको सिफारिसअनुसार १४ असार १ बजेलाई अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका उपसचिव नरेन्द्र श्रेष्ठका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।
कोसीमा एमाले नेतृत्वको सरकार रहेको छ। केही साताअघि नेकपा माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री बोलाएपछि प्रदेश सरकार अल्पमतमा छ।
प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट निकास निस्किएन भने माघ–फागुनतिर मध्यावधिमा जानुपर्ने बताएका छन्। मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रदेशसभाको अधिवेशन बोलाइएको हो।