आइतबार, साउन २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ता जिल्ला न्यायाधीश श्रीकृष्णले दिए राजीनामा

प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ता जिल्ला न्यायाधीश श्रीकृष्णले दिए राजीनामा

भट्टराईले प्रधानन्यायाधीश हरिकृष्णविरुद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने जनाएर सोमबार राजीनामा बुझाएका हुन्। 
 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका तत्कालीन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। 

जिल्ला न्यायाधीश भट्टराईसहितले कामु प्रधानन्यायाधीश कार्की दलीय राजनीतिमा संलग्न भएकाले सर्वोच्चमा प्रधानन्यायाधीशका योग्य नभएको उजुरी संसदीय सुनुवाइ समितिमा दिएका थिए। तर संसदीय समितिले हरिकृष्णलाई प्रधानन्यायाधीशका लागि उपयुक्त ठानेपछि राष्ट्रपतिबाट सपथ लिएर सर्वोच्चमा काम गरिरहेका छन्।

भट्टराईले प्रधानन्यायाधीश हरिकृष्णविरुद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने जनाएर सोमबार राजीनामा बुझाएका हुन्। ‘म बहालवाला न्यायाधीशले सुनुवाइ समितिमा उजुरी हाल्दा कारण पनि खुलाएको छु। ती कुरामा समिति निष्पक्ष हुन्थ्यो भने उहाँ नियुक्त हुने अवस्था हुँदैनथ्यो। यो एउटा सुधारको पाइला हुन्थ्यो। जसलाई मैले अयोग्य भनेर उजुरी गरें, उहाँकै मातहतमा असहज महसुस गरेकाले राजीनामा दिएको हुँ,’ उनले भने।

उनले प्रधानन्यायाधीशमा कार्की नियुक्त भएपछि आफूले धेरै सोच विचा गरेको पनि बताए। तर न्यायालय सुध्रिने लक्षण नदेखिएपछि आफूले राजीनामा दिने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन्। बाहिरै बसेर न्यायालय सुधारका लागि काम गर्ने उनको भनाइ छ।

प्रकाशित: Jun 26, 2023| 15:38 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्