आइतबार, साउन २५, २०८२

संसद्‍को शून्य समयमा सांसदले उठाए यस्ता विषय

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं- सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। यो समयमा एक सांसदले एक मिनेट समय पाउँछन्।
सांसद ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्नुपर्ने बताए। गैरेले बजेट असन्तुलित र अव्यवहारिक रहेको आरोप लगाए।

‘कम्तीमा यस पटकको सदनबाट दलहरु कमजोरी स्वीकार्न तयार छन्। सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्ने कुरालाई आत्मसात् गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ। जसले देशलाई सकारात्मक सन्देश दिन्छ’, गैरेले भने। उनले बजेट जनपक्षीय समेत नभएको भन्दै बजेटलाई जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए।

सांसद डा. तोसिमा कार्कीले लागु पदार्थ दुर्व्यसनीमा परेकाहरुलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताइन्। उनले लागु पदार्थ दुर्व्यसनमा फसेकाहरुलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने भन्दै समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन्।

‘विश्व स्वास्थ्य संगठनले लागु पद्धार्थ दुर्व्यसनलाई रोगको रुपमा लिएको छ। तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दा पनि अपराधको रुपमा मान्नु हो। आजसम्म पनि सुधार गृहहरु गृह मन्त्रालय अन्तर्गत छन्। अपराधी सरहमात्रै व्यवहार गर्ने हो भने यो समस्या बढिरहन्छ,’ उनले भनिन्। लागु औषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न नमिल्ने कार्कीको भनाइ छ।

सांसद दामोदर पौडेल बैरागीले कास्कीको फेवाताल संरक्षण गर्न र बाराही मन्दिर पुनर्निर्माण गर्न माग गरे। उनले अन्नपूर्ण पर्यटन क्षेत्रको संरक्षण, विकास र पैदल मार्गको व्यवस्था गर्न माग गरे।

Metro Mart

माछापुच्छ्रे पैदल मार्गको लागि व्यवस्था गर्न र घोडेपानी, टाडापानी पर्यटन क्षेत्र विकासका लागि ध्यान दिन पनि सरकारको उनले ध्यानाकर्षण गराए।
सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी गराउन माग गरे। ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो। आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामीले सुनेका छौं। कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ?’ यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने।
सांसद नारायणी शर्माले भारतसँग सीमा जोडिएको दाङ जिल्लामा विभिन्न स्थानमा सीमा स्तम्भ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। कतिपय स्थानमा सीमा स्तम्भ बाढीले बगाएको र कतिपय स्थानमा जीर्ण भएको भन्दै सीमा स्तम्भलाई व्यवस्थित बनाउन उनले माग गरिन्। ‘सीमा स्तम्भ दिन प्रतिदिन जीर्ण बन्दै गएका छन्। सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’, कार्कीको भनाइ छ।

सांसद प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरे। ‘पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीका सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो। भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन। धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसार सामु हाम्रो शिर निहुरिएको छ’, पौडेलको भनाइ छ। उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति प्रश्न पनि उठाए।

 

प्रकाशित: Jun 26, 2023| 14:58 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्