आइतबार, साउन २५, २०८२

प्रचण्डको दाबी- अहिलेको गठबन्धन ५ वर्ष केही हुनेवाला छैन

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने दाबी गरेका छन्। सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताए।

उनले भने, 'अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने-नहुने तपाईंहरुले हेर्नुभएको होला, सुन्नुभएको होला। लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षीसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन।’

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक भएको दाबी गरे। ‘१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ,' उनले भने। नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए। उनले भने, ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन्। राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु।’

जनतालाई सेवासुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ।

प्रकाशित: Jun 26, 2023| 14:25 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्