आइतबार, साउन २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आज प्रतिनिधिसभा बैठकमा बजेटका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने

आज प्रतिनिधिसभा बैठकमा बजेटका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। 

आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए।

प्रकाशित: Jun 26, 2023| 08:21 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्