सोमबार, वैशाख २८, २०८३

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ: ओली

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

National life

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक 'सिंहावलोकन'को लोकर्पण गर्दै उनले नेकपा विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए।

उनले पार्टी किन विभाजनसम्म पुग्यो, कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यक रहेको बताए। अध्यक्ष ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो त्यसको विश्लेषण जरुरी रहेको पनि तर्क गरे।

उनले भने, ‘अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारणहरु के थिए, उद्देश्यहरु के थिए, किन विभाजन भयो, किन गरियो, कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ। विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी, केका लागि विभाजन भयो, के उद्देश्य थियो, त्यसमा आन्तरिक कारण कति थियो, बाह्य कारण कति थियो, स्वचालित कति थियो, परिचालित कति थियो, रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो, यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्यौं भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

प्रकाशित: Jun 25, 2023| 16:46 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्