शुक्रबार, असार ५, २०८३

कसरी गर्ने सूर्य देवको उपासना ?

 |  आइतबार, असार १०, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, असार १०, २०८०

हिन्दू धर्ममा हरेक दिनको उत्तिकै महत्व हुन्छ। हरेक दिन कुनै न कुनै देवताका विशेष दिनका रुपमा पूजाआराधना गरिन्छ। आइतबार सूर्य भगवानका लागि विशेष दिन हो।

National life

हिन्दू धर्ममा सूर्य सबै देवताहरूमध्ये एक हुन्– सूर्य देव। धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको लागि महत्वपूर्ण दिन मानिन्छ। यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ। सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिएको हो। मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ।

सूर्य पुराणमा सूर्यदेवको महत्वका बारेमा उल्लेख छ। धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ। अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ। शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ।

कसरी गर्ने सूर्य देवको उपासना?
धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ। सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ।
यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन्। सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ।

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ। सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ। व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ।

Shivam cement

व्रतको दिन नुन खान वर्जित गरिएको छ। व्रतालुले भोजनमा दूध तथा फलफूलको मात्र प्रयोग गर्नु पर्दछ। सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ।

ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

 

प्रकाशित: Jun 25, 2023| 19:07 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्