बिहीबार, साउन २२, २०८२

सभामुखको निर्देशन- संसद्‍मा पत्रिका नपढ्नू

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- सभामुख देवराज घिमिरेले संसद् बैठकमा पत्रिका नपढ्न सांसदहरुलाई रुलिङ गरेका छन्।

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिइरहेका बेला सांसदले पत्रिका पढिरहेको देखेपछि सभामुखले बैठकमा त्यसो नगर्न भनेका हुन्।

‘माननीय सदस्यहरु, म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन आग्रह गर्दछु,’ सभामुख घिमिरेले भने।

प्रतिनिधिसभाको नियमावलीमा ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने’ उल्लेख छ। सभामुखको रुलिङपछि मन्त्री श्रेष्ठले आफ्नो जवाफ कायम राखेका थिए।

 

प्रकाशित: Jun 25, 2023| 12:28 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्