बुधबार, वैशाख ३०, २०८३

रास्वपाको राजनीतिक कार्यदिशा भदौमा तयार हुने

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजनीतिक कार्यदिशासहितको मस्यौदालाई अन्तिम रूप दिन गठित १७ सदस्यीय कार्यदलमा रहने सदस्यहरूको टुंगो लागेको छ।

National life

गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौ पहिलो हप्ता बुझाउने गरी दस्तावेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलमा पार्टीका तथा विचार विभाग प्रमुख डा. मुकुल ढकालको संयोजकत्वमा रमेश प्रसाई, कमल सुवेदी, गणेश पराजुली, विपिनकुमार आचार्य, शिशिर खनाल, क्रान्तिशिखा धिताल,  कबिन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, शंकर श्रेष्ठ सदस्य रहने भएका छन्। 

त्यस्तै हरि ढकाल, गणेश कार्की, मनिष झा, सुमना श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार र सोविता गौतम पनि कार्यदलका सदस्य छन्।

१७ सदस्यीय कार्यदलले भदौ पहिलो सातासम्म दस्तावेजलाई अन्तिम रूप दिएर सभापतिलाई बुझाउने छ।

प्रकाशित: Jun 25, 2023| 08:18 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्