शुक्रबार, असार ५, २०८३

राष्ट्रिय कविता महोत्सवमा छानिए उत्कृष्ट १० कवि 

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८० मा १० जना कविका रचना उत्कृष्ट रहेको घोषणा गरिएको छ। 

प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो। जसअनुसार तोकिएको म्यादभित्र ६ सय ४४ कविले भाग लिएका थिए। तीमध्ये २५ कविले शनिबार आयोजित कविता महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। वाचितमध्ये १० जना उत्कृष्ट घोषणा गरिएको हो।

१० उत्कृष्टमध्ये नेपाली भाषातर्फ उमेश पुन, कृपाकरुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, प्रकाश दिप्साली राई र राधिका कल्पित छन्। यसैगरी डोटेली भाषातर्फ खिमानन्द जोशी र पूर्णानन्द ओझा तथा खाम मगर भाषातर्फ टंकबहादुर झाँक्री मगर (समीप बैरागी) उत्कृष्ट भएको सदस्यसचिव धनप्रसाद सुवेदीले विज्ञप्तिमा जनाएका छन्। उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ।
 

प्रकाशित: Jun 25, 2023| 07:36 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।