बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Aug 12, 2025| 07:25 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्