सोमबार, वैशाख २८, २०८३

जसपाका पाँचजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

National life

काठमाडौं- निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच जना केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ। पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो।

उनीहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै, अन्य केही केन्द्रीय सदस्यलाई नसिहत दिइने भएको छ। कारबाहीको निर्णयमा चित्त नबुझे १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सकिने जनाइएको छ।

जसपा केन्द्रीय समिति बैठकले नवघोषित समाजवादी मोर्चालाई पनि अनुमोदन गरेको छ।

प्रकाशित: Jun 24, 2023| 18:14 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्