सोमबार, वैशाख २८, २०८३

अबको चुनावमा रास्वपा सबैभन्दा ठूलो पार्टी: रवि

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने दाबी गरेका छन्। रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर पनि उनले गरे।

National life

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।

निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउन पार्टीका नेता-कार्यकर्ताहरूले असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने उनले बताए। जान्नेलाई छान्ने काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क उनले गरे।

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए। सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए।

 

प्रकाशित: Jun 24, 2023| 16:56 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्