बिहीबार, मंसिर २५, २०८२

कसरी पूजा गर्ने न्यायका देवता शनिलाई ?

 |  शनिबार, असार ९, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, असार ९, २०८०

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता। शनिबारको दिनलाई भगवान शनिको दिन मानिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ।

National life

शनिदेव पूजा गर्दा ध्यान दिनुपर्ने कुराहरु

१. हरेक शनिबार मन्दिरमा तोरीको तेलको दियो जलाउँ। ध्यान राखौं कि यो दियो उनको मूर्तिको अगाडि नभएर मन्दिरमा राखेको उनको शिलाको अगाडि जलाउँ।

२. यदि आसपास शनि मन्दिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउँ। यदि त्यो पनि नभए तोरीको तेल गरिबलाई दान गरौं।

३.  शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेट गरौं।

Laxmi sunrise bank
kumari

४. भेटपश्चात शनि मन्त्र वा शनि चालीसाको जप गरौं।

५. शनि पूजा पश्चात हनुमानजीको पूजा गरौं। उनको मूर्तिमा सिन्दूर लगाउँ र केरा अर्पित गरौं।

६. शनिदेवको पूजामा यस मन्त्रको जाप गरौ : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:

 

प्रकाशित: Jun 24, 2023| 19:07 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्