बुधबार, वैशाख ३०, २०८३

जसपा केन्द्रीय समिति बैठक, आइतबारदेखि विधान अधिवेशन

बैठकमा समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदनलगायत विविध विषयमा छलफल हुने।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी९जसपा० नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ। आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज दिउँसोदेखि बुद्धनगरमा केन्द्रीय समिति बैठक सुरु भएको हो।

National life

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदनलगायत विविध विषयमा छलफल हुनेछ।

यसैगरी आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका ४२३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित ७७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ।

सहभागी भएका प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ।

प्रकाशित: Jun 24, 2023| 16:31 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्