शुक्रबार, असार ५, २०८३

बाढीपहिरोबाट सिन्धुलीको बितीजोरका ३१ घरमा क्षति

बाढीपहिराले बितीजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

सिन्धुली– सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।

National life

आज बिहान आएको बाढीले पाक्नै लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ। बाढीपहिरोबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।

‘बाढीपहिराले बितीजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ। क्षतिको विवरण संकलन गरिरहेका छौं’, वडाध्यक्ष कार्कीले भने, ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन्।’

प्रकाशित: Jun 24, 2023| 14:31 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्