सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले खोज्यो उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक पुस्तिका, नपाएपछि संसद् अवरोध

एमालेले खोज्यो उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक पुस्तिका, नपाएपछि संसद् अवरोध

खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएसम्म संसद् अवरुद्ध गर्ने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

National life

काठमाडौं– प्रतिपक्षी एमाले सांसदले उपराष्ट्रपति  कार्यालयको खर्च शीर्षकको पुस्तिका उपलब्ध नगराइएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्। खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएसम्म संसद् अवरुद्ध गर्ने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

विनियोजन विधेयकमाथि पछिल्लो १० दिनदेखि छलफल जारी भए पनि उपराष्ट्रपति कार्यालयको खर्च शीर्षकबारे पुस्तिका उपलब्ध नगराइएकाले बैठकमा अवरोध गरिएको एमाले सचेतक महेश बर्तौलाले बताए।

पुस्तिकाबेगर छलफल हुन नसक्ने भन्दै उनले उक्त विषय कार्यसूचीबाट हटाउन माग गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रकाशित: Jun 23, 2023| 13:46 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्