काठमाडौं– प्रतिपक्षी एमाले सांसदले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षकको पुस्तिका उपलब्ध नगराइएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्। खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएसम्म संसद् अवरुद्ध गर्ने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
विनियोजन विधेयकमाथि पछिल्लो १० दिनदेखि छलफल जारी भए पनि उपराष्ट्रपति कार्यालयको खर्च शीर्षकबारे पुस्तिका उपलब्ध नगराइएकाले बैठकमा अवरोध गरिएको एमाले सचेतक महेश बर्तौलाले बताए।
पुस्तिकाबेगर छलफल हुन नसक्ने भन्दै उनले उक्त विषय कार्यसूचीबाट हटाउन माग गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।