आइतबार, जेठ १८, २०८२

गाउँघरका चौतारीमा सित्तैमा इन्टरनेट

रम्भाको १ नम्बर वडा कार्यालयले गर्मीयाममा दिउँसोको समय शीतल छहारी चौतारीमा बस्ने स्थानीय तथा बटुवालाई इमेल, इन्टरनेट सुविधा निःशुल्क दिन लागेको हो।
 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

पाल्पा– पाल्पाको रम्भा गाउँपालिका–१ मा गर्मीका बेला वर, पीपल र स्वामी रोपिएका ठाउँमा शीतल खान आउने स्थानीयको बाक्लो भीड हुने गर्छ। चौतारीमा आएर गफिने स्थानीयलाई लक्षित गरेर वडा कार्यालयले इन्टरनेट सेवा सुरु गरेको छ। गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल, इन्टरनेट सुविधा दिन वडा कार्यालयले निःशुल्क सेवा सुरु गरेको हो। 

सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन्। अहिले वडाका दुई वटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ। इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट बुझाउने भने वार्षिक खर्च  १३ हजार रहेको छ।

विज्ञान र प्रविधि प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो। हावापानीबाट छेक्न राउटरलाई सुरक्षित पारिएको छ। वडा नम्बर १ मा रहेका २० वटा चौतारीमा आफ्नो कार्यकालभित्र इन्टरनेट सेवा प्रवाह गर्ने वडाध्यक्ष ईश्वर काफ्लेले बताए।

अहिले गर्मीको समय भएकाले दिउँसोमा चौतारीको शीतल छहारीमा धेरैको जमघट हुने, खेती लगाउने किसान पनि कामको बोझले थकित भएर थकान मेटाउने थलो, बाटो हिँड्ने बटुवा बस्ने ठाउँ भएकाले प्रविधि प्रयोग गरी नयाँ–नयाँ कुरा खोज अनुसन्धान र ग्रहण गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको वडाध्यक्ष काफ्लेको भनाइ छ।

‘विज्ञान र प्रविधिको युगमा इमेल इन्टरनेटबाट धेरै ज्ञान सीप सिक्न पाइने हँदा घरमा मात्र नभई घर बाहिर निस्कदा, बाटो हिँड्दा, मेलापात गर्दा इन्टरनेटको पहुँच भएपछि जुनसुकै समय पनि स्थानीयले मोबाइलमार्फत खोजी, अध्ययन गर्न सक्नेछन्’, उनले भने। सेवा सुरु भएपछि बूढाबूढी, तन्नेरी तथा फुर्सदिला नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै इन्टरनेटको प्रयोग गरिरहेका छन्।

National life insurance

गर्मीमा शीतल छहारीमा बसेर इन्टरनेटका माध्यमबाट नयाँ कुराको जानकारी, आफन्त, साथीभाइसँगको कुराकानी, आफूलाई चाहिने सामग्री गुगलमा खोजेर अध्ययन गर्न धेरै सहज भएको स्थानीय हरिकुमारी न्यौपाने बताउँछिन्। दिनभर चौतारीमा बसेर समय बिताउने स्थानीय हिजोआज मोबाइलको माध्यमबाट नयाँ कुरा सिक्न थालेका छन्।–रासस

प्रकाशित: Jun 23, 2023| 13:23 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्