बुधबार, साउन २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।
 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमालेसँग संयुक्त सरकार गठनको प्रस्ताव अगाडि सारेका छन्।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।

उनले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

‘गत आमचुनावयताको नेपाली राजनीतिको दिशा र गति झन्–झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताका निम्ति हितकर छैन! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन्,’ बाबुरामले ट्वीटमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि?’

थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाको सम्बोधन गर्न सर्वदलीय सरकार उपयुक्त विकल्प हुने बताएका छन्। नत्र समयले कसैलाई नपर्खने उनको निचोड छ।

प्रकाशित: Jun 23, 2023| 11:48 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्