सोमबार, वैशाख २८, २०८३

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्दै सांसद

बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्न नाम टिपाएको सचिवालयले बताएको छ।
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

National life

काठमाडौं– आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नोत्तरको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले बजेटबारे सांसदबाट सोधिएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको हो।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने बताइएको छ।बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्न नाम टिपाएको सचिवालयले बताएको छ।

आज प्रतिनिधिसभामा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित: Jun 23, 2023| 10:55 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्