बिहीबार, मंसिर २५, २०८२

के भन्छन् हत्केलाका रेखाले ?

 |  बिहीबार, असार ७, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, असार ७, २०८०

जीवनरेखा
सामान्यतयाः हत्केलामा ३ प्रकारका रेखा हुन्छन्। यी तीन रेखामा एक जीवन रेखा, दोश्रो मस्तिस्क र तेश्रो हृदय सँग सम्बन्धित हुन्छ। जुन रेखा औंलाको ठिक तलबाट शुक्र पर्वतलाई घेर्न पुग्छ त्यही नै जीवन रेखा हो।

National life

palm lines
यो रेखा चोरी औंलाको तलबाट गुरु पर्वतको आसपासबाट प्रारम्भ हुन्छ र हत्केलाको अन्त्य मणिबन्ध सम्म पुगेको हुन्छ। यदी जीवन रेखा विचमा टुटेको छ भने त्यस्ता ब्यक्तिको आयु छोटो हुने र मृत्यु नभए कष्टको सामना गर्नु पर्ने हुन सक्छ। तर त्यस्तो रेखासँग अन्य रेखा पनि साथमा समानान्तर गएका छन् भने यसको अशुभ प्रभाव नष्ट हुन्छ।

palm lines 1
हत्केलामा जस्तो जीवन रेखा हुन्छ त्यस्तै नै हाम्रो जीवन पनि हुन्छ। यदि यो रेखा अरु रेखा भन्दा सानो र काटिएको छ भन् यो अशुभ संकेत हो तर यो रेखा लामो र अकाट्य छ भने यो शुभ संकेत हो। लामो र नकाटिएको रेखा हुनेहरुको जीवन लामो र सुखद जीवन हुन्छ।

लामो, गहिरो र मसिनो सफा जीवन रेखा शुभ मानिन्छ। जीवन रेखामा क्रश चिन्ह छ भने त्यो अशुभ हो। यदी जीवन रेखा शुभ छ भने त्यस्ता ब्यक्तिको जीवन लामो मात्र होइन सुखद् र स्वस्थ पनि हुने हुन्छ।

palm lines 2
यदि दुवै हातमा जीवन रेखा टुटेको छ भने यस्ता ब्यक्तिको जीवन अल्पआयुमै समाप्त हुने वा विभिन्न झन्झट र कठिनाइको सामना गर्नु पर्ने हुन सक्छ। एउटा हातमा यो रेखा टुटेपनि अर्कोमा सही भएमा कुनै विरामी हुने वा कष्ट हुन सक्छ

Laxmi sunrise bank
kumari

मस्तिस्क रेखा
यदि मस्तिस्क रेखा ( मस्तिस्क रेखा र जीवन रेखा एकै स्थानबाट शुरु हुन्छन्) जीवन रेखाको मध्य भागमा भने अलिक फरक ठाउँमा छ भने यस्ता ब्यक्ति स्वतन्त्र विचार भएका र खुला हुन्छन्।

प्रकाशित: Jun 22, 2023| 19:00 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्