सोमबार, साउन २६, २०८२

एक वर्षपछि माओवादीले बोलायो केन्द्रीय समिति बैठक

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि भर्चुअल रुपमा बसे पनि गत वर्षको असारमा बसेको केन्द्रीय समिति बैठकपछि आगामी २३ असारलाई बैठक बोलाइएको हो।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी २३ असारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बोलाइएको बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब ७०० सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

केन्द्रीय सदस्य ३८६ र वैकल्पिक केन्द्रीय सदस्य २०२ गरी माओवादीको केन्द्रीय समिति ५८८ सदस्यीय रहेको छ। माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन्। 

माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो। यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो।

गत मंसिरमा संघ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ। ‘औपचारिक बैठक नबसेको लामो समय भएको थियो’, केन्द्रीय कार्यालयका सचिव उपाध्यायले भने, ‘तीन दिनसम्म चल्ने बैठकमा समग्र विषयमा समीक्षा हुनेछ।’

बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उनले जानकारी दिए। ‘पार्टीलाई प्रभावकारी रुपमा जनतासमक्ष जोड्न नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्नेबारे पनि छलफल हुनेछ’, कार्यालय सचिव उपाध्यायले भने। 

Metro Mart

उनले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्य विभाजनलाई टुंगो लगाउने विषयमा पनि बैठकमा छलफल हुने बताए।

प्रकाशित: Jun 22, 2023| 16:07 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्