शुक्रबार, असार ५, २०८३

‘कचहरी’मार्फत विपद् जोखिम न्यूनीकरण 

राप्ती सोनारी र डुडुवा पालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटनालगायतबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइँदै।
 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

बाँके– बाँकेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘कचहरी’ सुरु गरिएको छ। राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ।

National life

कारितास नेपाल र सिआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा कचहरी नाटक प्रदर्शन गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए।

उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका–१ देखि पाँचसम्मका १५ स्थान र डुडुवा गाउँपालिकाका तीन वटा वडाका ९ स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो। ‘विपद्सम्बन्धी सचेतना जगाउने अभियानअन्तर्गत कचहरी प्रदर्शन गरेका हौं’, थापाले भने, ‘कचहरी नाटक सर्वसाधारले चासोका साथ हेर्ने गरेका छन्।’ समाजसेवा संस्थाले बाँकेमा विभिन्न सामाजिक विषयवस्तुमा काम गर्दै आएको छ।’ 

कचहरी नाटकमार्फत कलाकारले स्थानीयले बुझ्ने गरी बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक जानकारी प्रस्तुत गरेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झंकबहादुर थापाले बताए। नाटकमार्फत प्रस्तुत गरिएका जानकारी निकै प्रभावकारी देखिएका उनको भनाइ थियो।

वडाध्यक्ष थापाले वर्षायामको सुरुआती चरणमा गरिएको यो नाटक प्रदर्शनीबाट सर्वसाधारणलाई विपद् व्यवस्थापनमा सतर्कता अपनाउन सहयोग पुगेको उल्लेख गरे। उनका अनुसार वर्षायाममा बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा बाढी, डुबान, सर्पदंश, वन्यजन्तुको आक्रमणलगायत विपद्का घटना बढी हुने गरेका छन्।

Shivam cement

प्रकाशित: Jun 22, 2023| 14:42 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।