बुधबार, साउन २८, २०८२

समाजवादी मोर्चा एउटै पार्टी नबन्ने उपेन्द्र यादवको टिप्पणी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अहिले मोर्चामा आबद्ध दल भविष्यमा एउटै पार्टीमा परिणत हुने बताइरहेका बेला जसपा अध्यक्ष उपेन्द्रले मोर्चा एउटै पार्टी बन्नै नसक्ने दाबी गरेका हुन्।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं– परिकल्पनाकार बाबुराम भट्टराईलाई बाहिरै राखेर निर्माण गरिएको समाजवादी मोर्चाबारे जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छन्। मोर्चामा हाल चार पार्टी सम्मिलित छन्।

समाजवादी मोर्चा जन्माउने दिन सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मोर्चामा आबद्ध दल भविष्यमा एउटै पार्टी बन्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डको भनाइलाई अस्वीकार्दै जसपा अध्यक्ष उपेन्द्रले समाजवादी मोर्चा एउटै पार्टी नबन्ने बताएका हुन्।

मोर्चामा आबद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी हुने अनुमान गलत भएको बताए। गत सोमबार नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र विप्लव नेतृत्वको नेकपाले मोर्चा घोषणा गरेका थिए।

उपेन्द्रले भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका भए गलत हो। पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा मात्रै सहकार्य हुने हो। पार्टी एकता होइन।’

आज मात्रै जनयुद्धका सारथि नेत्रविक्रम चन्द विप्लवले कमरेड प्रचण्डलाई बालुवाटार सरकारी निवासमा भेटेर पार्टीलाई नेकपा माओवादी केन्द्रमा मिसाउन चाहेको बताएका छन्। तर उपेन्द्रले कम्युनिस्ट विचाराधारका एकै ठाउँ भए पनि जसपा कतै नपस्ने दाबी गरे।

Metro Mart

उनले डा. बाबुराम मोर्चामा नआएको कारण पनि बताए। ‘हामीले बाबुराम भट्टराईलाई समातेको पनि होइन, छाडेको पनि होइन। छलफलमै नआएपछि के गर्ने? बाबुरामजीको एक्लै हिँड्ने बानी छ। त्यसले मोर्चामा नआएर ठीकै भएजस्तो लाग्छ।’

प्रकाशित: Jun 22, 2023| 12:48 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्