काठमाडौं– नेपालको बैंकिङ क्षेत्रका सेलिब्रिटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
बिहीबार शाहलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बालाजुस्थित मुख्यालयमा पार्टी प्रवेश गराएका हुन्। सभापति रविले शाहलाई रास्वपाको ब्याचसमेत लगाइदिए।
लामो समयसम्म बैंकिङ क्षेत्रका नेतृत्व गरेका शाहले पछिल्लो समय नबिल बैंकबाट जागिरेका रुपमा सीईओबाट राजीनामा दिएका हुन्। शाहले व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओली मन पर्ने बताइरहेका हुन्थे। त्यसकारण उनी एमाले जान्छन् कि भनिन्थ्यो।
शाहले रास्वपामा तालिम विभागको नेतृत्व गर्नेछन्। तालिम विभागको नेतृत्व लिएर शाहले अब रास्वपाका नेता, कार्यकर्तालाई प्रशिक्षण दिने
पार्टी नेता शिशिर खनालले जानकारी दिए।