सोमबार, वैशाख २८, २०८३

बजेटप्रति असन्तुष्ट एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। 

बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ। 
 

प्रकाशित: Jun 22, 2023| 09:30 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्