शुक्रबार, असार ५, २०८३

यस्तो हस्तरेखा भए आर्थिक लाभ मिल्छ

 |  बुधबार, असार ६, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, असार ६, २०८०

१. कुनै पनि व्यक्तिको हातमा जीवन रेखा वास्तविक रुपमा गोलो छ। मस्तिष्क रेखा दुई भागमा बाँडिएको छ। हातमा त्रिकोणको चिन्ह बनेको छ भने यी तीन लक्षण हातमा भएको व्यक्तिलाई धन लाभ हुनेछ। यस किसिमको हस्तरेखा भएको व्यक्तिलाई समय–समयमा अचानक धन लाभ हुन सक्नेछ।

National life

२. भाग्यरेखा हातको अन्तिम स्थानबाट अर्थात् मणिबन्धबाट शुरु भएर शनि पर्वतसम्म पुगेको छ। साथै, भाग्य रेखामाथि कुनै प्रकारको अशुभ निशान नभएको व्यक्तिलाई व्यवसायमा सफलता प्राप्त हुनेछ। व्यवसायमार्फत धन लाभ हुने योग पनि बन्नेछ।

३. हात भारी भएको तथा फैलिएको छ, औंलाहरू कोमल तथा नरम छ भने यस किसिमको हात हुने व्यक्ति धनाढ्य बन्ने योग बन्नेछ।

४. हातमा शनि पर्वत अर्थात मध्यमा औंला‌ नजिक दुई वा त्यो भन्दा बढी रेखाहरू हुने व्यक्तिलाई धन तथा सुख मिल्नेछ।

५. शनि पर्वत यदि उठेको छ र जीवन रेखा सही ढंगले घुमेको छ भने यो योग शुभ रहनेछ।

Shivam cement

 

प्रकाशित: Jun 21, 2023| 19:07 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्