आइतबार, असार ७, २०८३

उपन्यास मिन्झारीमाथि विमर्श

मिन्झारी उपन्यासले मालिकको आँखाले कमैयामाथि लेखिएका आवाज बोल्छ।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं– लेखक महेन्द्र उपाध्यायको उपन्यास मिन्झारीमाथि विमर्श भएको छ। मिन्झारी विमर्शमा भर्खरै जेलबासबाट मुक्त भएका राजनीतिज्ञ एवं लेखक रेशम चौधरीले थारु जातिलाई राज्यसत्ताले दबाएको र सोही कुरा मिन्झारीले बोलेको बताए।

National life

उनले टीकापुर घटनापछि आफूलाई ‘एलियन’जसरी हेरिएको भन्दै दुःख प्रकट गरे।  उपन्यासले त्यही विषयवस्तु उठाएको बताउँदै थारु–पहाडियाबीच आफूले कहिल्यै सामाजिक सद्भाव भड्काउने काम नगरेको उनले गरे। आफूले जीवनको सुरुआती चरण नै देउडा गीतबाट सुरु गरेको बताउँदै यसले दुई समुदायलाई जोड्ने काम गरेको रेशमको धारणा छ।

लेखक नवीन विभासले प्रथम पटक टीकापुर पुग्दाको स्मरण गर्दै टीकापुरलाई सहरलाई ‘डेथ सिटी’ भन्ने गरिएको बताउँदै त्यहाँको समाज अध्ययन महत्त्वपूर्ण विषय रहेको बताए। टीकापुर घटनाको स्मरण गर्दै कसैले आफ्नो अधिकार माग्दा सामाजिक सद्भाव भड्किएको भन्न नमिल्ने उनको तर्क थियो। ‘जबसम्म चुप थियो सामाजिक सद्भाव थियो, जब बोल्न थाल्यो सद्भाव भड्किएको भन्ने भाष्य स्थापित गर्न खोजियो,’ उनले भने। 

तराईमा थारुमाथि कसरी विभेद गरियो र कसरी उनीहरुको सम्पत्ति हत्याइयो भन्ने इतिहास सम्झिँदै उनले उपन्यासले समाजको यथार्थ प्रस्तुत गरेको दाबी गरे।

विमर्शमा लेखक ओम रिजालले मिन्झारीभित्र  सरकारी कर्मचारीको यथार्थ कुरालाई उठाइएको बताउँदै कर्मचारीतन्त्र सुध्रिनुपर्ने बताए। विषयवस्तुका हिसाबले सशक्त कथा उपन्यासमार्फत प्रस्तुत भएको उनको भनाइ थियो।

Shivam cement

अधिवक्ता गीता चौधरीले मिन्झारी एउटा मालिकको आँखाले कमैयामाथि लेखिएको उपन्यास भएको बताइन्। सामाजिक यथार्थ कथामा देखाइएको बताउँदै उनले महिला तथा एलजीबीटीक्युका मुद्दा उठाउँदा त्यस्ता विषयमा लेखकले ध्यान दिनुपर्ने सुझाव दिइन्।

उक्त कार्यक्रममा कवि देवव्रतले उपन्यासका हरेक पात्रले पाठकमा छाप छाड्ने बताए। समाजमा विभेदको सुरुआत विद्यालय स्तरबाट शिक्षकले नै सिकाउने गरेको बताउँदै उनले थारु विद्यार्थीलाई शिक्षकले गरेको व्यवहारको विगत स्मरण गरे। उपन्यासको कल्लु पात्रजस्तै समाजमा अझै पनि थारु विद्यार्थी विद्यालय तहबाटै पढाइ छाड्न बाध्य हुनुपर्ने यथार्थ रहेको उनको भनाइ छ।

कार्यक्रमको सहजीकरण प्रकाश किरणले गरेका थिए। काबु क्रियसनद्वारा प्रकाशित मिन्झारी तीन महिनाअघि प्रकाशित भएको थियो। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थियटरमा राजनीतिज्ञ रेशम, अधिवक्ता गीता, लेखक रिजाल, नवीन विभास, देवव्रतले किताबमाथि छलफल गरेका थिए।

प्रकाशित: Jun 20, 2023| 11:19 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।