आइतबार, असार ७, २०८३

पोखरामा विश्व संगीत दिवस मनाइँदै

सांगीतिक कार्यक्रममा देशी/विदेशी कलाकारले पोखरा तताउनेछन्।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

पोखरा– पोखरामा आगामी ६ असारमा विश्व संगीत दिवस २०८० मनाइने भएको छ। सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ संस्थाले विश्व संगीत दिवस मनाउन लागेका हुन्।

National life

सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने सो सांगीतिक कार्यक्रमले पोखराको सांगीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ। सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो।

१६ विभिन्न प्रस्तुति रहने उक्त सांगीतिक कार्यक्रमा दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्त रूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो।

प्रकाशित: Jun 20, 2023| 10:45 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।