सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

National life

काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा सांसद गोकुल प्रसाद बाँस्कोटा र प्रेम सुवालले सहरी विकास मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, सांसद सूर्यबहादुर थापा, स्वर्णिम वाग्ले, प्रभु शाहले अर्थ मन्त्रालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: Jun 20, 2023| 08:03 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्