बिहीबार, साउन २८, २०८३

काबेलीको जल सतह खतराको तहभन्दा माथि 

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- ताप्लेजुङमा काबेली नदीको जल सतहले खतराको तह पार गरेको छ। जल सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ। तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो।

शनिबारदेखिको वर्षापछि आएको बाढीपहिरोले कोशी प्रदेशका पहाडी जिल्लाहरुमा धनजनको ठूलो क्षति भएको छ। 
 

प्रकाशित: Jun 20, 2023| 06:09 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्