सोमबार, वैशाख २८, २०८३

बाबुरामले भने- कथित समाजवादी मोर्चा बार्गेन गर्ने हतियार नबनोस्

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवघोषित समाजवादी मोर्चालाई कटाक्ष गरेका छन्। सोमबार राति ट्विट गर्दै उनले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको टिप्पणी गरेका हुन्।

National life

उनले भनेका छन्, 'समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!'

हिजोमात्र नेकपा माओवादी, नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए। अन्तिम समयमा आफूलाई बाहिरै पारिएपछि बाबुरामको कडा प्रतिक्रिया आएको हो। 

उपेन्द्र यादव नेतृत्वको जसपा पार्टीबाट बहिर्गमनमा परेपछि प्रगतिशील र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउनुपर्ने पक्षमा लागेका थिए पूर्वप्रधानमन्त्री भट्टराई। उनले मोर्चाको अवधारणाबारे माओवादी अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विप्लवसहितका नेताहरुलाई कन्भिन्स गराएका थिए। त्यसपछि भट्टराईले कम्युनिष्ट विचार र सिद्धान्त मान्ने दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि मोर्चा निर्माणको रणनीतिबारे प्रष्ट पारे। भट्टराई, नेपाल र प्रचण्डबीच कैयौं पटक यसै विषयमा छलफल भएको थियो।

माओवादी पूर्वघटकबीच एकता नै गर्ने रणनीति थियो बाबुरामको। निरन्तर छलफलपछि असारभित्रै समाजवादी मोर्चा बनाउने विषयमा समझदारी जुटेको थियो। तर, हिजो समाजवादी मोर्चा घोषणा हुँदा बाबुराम नै अटाएनन्। 
 

प्रकाशित: Jun 20, 2023| 05:52 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्