सोमबार, वैशाख २८, २०८३

एमालेसँगको एकतामा गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड 

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग हतारमा एकता गरेर गल्ती भएको र अहिले पछुताउनु परेको बताएका छन्।

National life

सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा सभा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीसमेत रहेका दाहाले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता भए पनि लामो समय टिकाउन नसक्दा पछुताउने अवस्था आएको बताएका हुन्। 

‘एमालेसँग हतारमा एकता गर्नु गल्ती थियो। हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनु पर्थ्यो’, उनले भने, ‘पहिले यस्तै मोर्चा बनाएर विचार, सिद्धान्त र कार्यनीति मिलाउँदै गएको भए टिक्ने रहेछ। कार्यकर्तामा पनि अन्तरघुलन गर्दै एकता गरेको भए राम्रो हुने थिए छ।’

उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताएका छन्।

‘हामी अहिले समाजवादी मोर्चामा रहँदा पनि सबै पार्टी स्वतन्त्र हैसियतमा हुन्छन्’, उनले भने, ‘हामी अब देशलाई समाजवादी मोर्चामार्फत समृद्धि र सामाजिक न्याययुक्त देशमा लैजान्छौँ।’

प्रचण्डले अहिले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा डटेर उभिने पनि बताएका छन्।

प्रकाशित: Jun 19, 2023| 20:15 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्