शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चार कम्युनिष्ट दलले गरे समाजवादी मोर्चा घोषणा, पार्टी एकतासम्मको उद्देश्य

चार कम्युनिष्ट दलले गरे समाजवादी मोर्चा घोषणा, पार्टी एकतासम्मको उद्देश्य

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्।

चार कम्युनिष्ट घटकले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्।

राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन्। मोर्चाले १५ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।

प्रकाशित: Jun 19, 2023| 17:10 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्