मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कस्ता हुन्छन् हातमा 'एम' हुने व्यक्ति ?

 |  सोमबार, असार ४, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, असार ४, २०८०

जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतिषशास्त्रमा उल्लेख छ। त्यस्तै मानिसको हातमा हुने भाग्य रेखाले सफलता र असफलता निर्धारण गर्ने पनि बताउँछन्। जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ।

triton college

‘हस्तरेखा शास्त्र’ का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन्। यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविष्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ।

हस्तरेखाको लागि तस्बिर परिणाम
जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरू यो जान्छन् कि हातको रेखाले भविष्यको सटिक अनुमान लगाउन सकिँदैन। किनकी हातका रेखाहरू व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन्। तर, हस्तरेखाको माध्यमबाट भविष्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न।

कहाँ हुन्छ भाग्य रेखा ?
तपाईंको हत्केलाको मध्यभागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ। त्यहाँको भागलाई शनि पर्वत भनिन्छ। र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो।

के–के हुन्छ ?
खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ। जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उद्गम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता व्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ।

Metro Mart
vianet

कुनै स्त्री जीवनमा आउनासाथ यस्ता ब्यक्तिको प्रगति हुन्छ। यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ।

हस्तरेखाको लागि तस्बिर परिणाम
विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ। जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन्।

त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ। युवा अवस्था पुगेपछि मात्र यिनीहरूलाई भाग्यले अलि साथ दिन्छ।

हातमा खास अक्षर
हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ। यो अंग्रेजी अक्षर ‘एम’ हो। यदि कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरू धेरै भाग्यमानी हुने मानिन्छ। यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ।

शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ। जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन्।

यिनीहरू जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन्। साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन्। यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरूमा पनि त्यसको सकारात्मक असर पर्छ ।

 

प्रकाशित: Jun 19, 2023| 19:07 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्