सोमबार, वैशाख २८, २०८३

ह्याप्पी बर्थ डेः बाबुरामले छोए सात दशक

विभिन्न राजनीतिक कालखण्ड पार गरिरहेका बेला एउटा सामान्य किसानको छोरालाई प्रधानमन्त्री बनाएकामा जनताप्रति बाबुरामको नमन।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं–नेपाल समाजवादी पार्टी अध्यक्ष, पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आजदेखि ७० वर्ष टेकेका छन्। उनले ७० वर्ष पुगेको अवसरमा २४ वर्षको उमेरमा गरेका प्रतिबद्धता स्मरण गरेका छन्।

National life

विभिन्न राजनीतिक घटना–परिघटनामा कालखण्ड पार गरिरहेका बेला एउटा सामान्य किसानको छोरालाई प्रधानमन्त्री बनाएकामा उनले जनताप्रति आभार व्यक्त गरेका छन्।

‘आफ्नो जीवनको सातौं दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम शिक्षासहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्रीजस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाजुभाइमा हार्दिक आभार व्यक्त गर्दछु’ उनले भनेका छन्, ‘मैले पनि २४ वर्षको उमेरमा १ वैशाख २०३५ मा आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिएँ। त्यही बाटोमा निरन्तर ४५ वर्ष हिँडेर यहाँसम्म आइपुगेको छु।’

बाँकी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। ४ असार २०११ मा गोरखाको खोप्लाङमा जन्मिएका बाबुरामको बुबाको नाम भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराई हो।

यस्तो छ, भट्टराई डायरी

आफ्नो जीवनको सातौं दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम शिक्षा सहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्रीजस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाजुभाइमा हार्दिक आभार व्यक्त गर्दछु।
जीवन नश्वर र क्षणभंगुुर छ। अतः जन्म र मृत्युबीचको सीमित समयभित्र प्रत्येक सचेत व्यक्तिले आफ्नो जीवनको परिभाषा गरेर आफ्नो लक्ष्य निर्धारण गर्छ र त्यसको प्राप्ति निम्ति दत्तचित्त रहन्छ। त्यसैको आधारमा उसले र इतिहासले उसको मूल्यांकन गर्छ। मैले पनि २४ वर्षको उमेरमा १ वैशाख २०३५ मा आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिएँ। त्यही बाटोमा निरन्तर ४५ वर्ष हिँडेर यहाँसम्म आइपुगेको छु। बाँकी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धतासहित यहाँ त्यसलाई स्मरण गर्न चाहन्छु।

प्रकाशित: Jun 19, 2023| 11:33 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्