सोमबार, वैशाख २८, २०८३

आज रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा 'नयाँ युगको संकल्प' नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बस्न लागेको हो।

National life

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो। बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुनेछ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईँ सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका विषयमा केन्द्रीय नेताहरूमा नै विवाद देखा परेको छ। सो विषयमा पनि प्रारम्भिक छलफल हुने बताइएको छ।

प्रकाशित: Jun 19, 2023| 09:28 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्