बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह 

कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह 

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ। देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

कोशी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। शनिबार बेलुकादेखिको भारी वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरुमा ठूलो धनजनको क्षति भइसकेको छ।

आज पनि मेघ गर्जन र चट्याङसहित बाढी, पहिरो भू–क्षय र गेग्रान बहावको सम्भावना रहेको तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। 
 

प्रकाशित: Jun 19, 2023| 06:28 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्