आइतबार, असार ७, २०८३

गोठ बगाउँदा संखुवासभामा दुईजना बेपत्ता

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

National life

बेपत्ताको पहिचान खुल्न नसकेको उनले बताए। घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ ।

यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा  पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

 

प्रकाशित: Jun 18, 2023| 12:36 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्