शनिबार, साउन २, २०८३

समाजवादी मोर्चाको घोषणा सोमबार, नेतृत्व आलोपालो

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ। प्रधानमन्त्री निवास बालुबाटारमा आज बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभागृहमा घोषणासभा कार्यक्रम राखिएको छ। समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन्। नेताहरूबीच भएको सहमतिअनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ।

मोर्चाले संसद‍्‍मा र बाहिर पनि समाजवादी विचारधाराको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्नेछ।

प्रकाशित: Jun 18, 2023| 12:14 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्