NadaNada
बिहीबार, भदौ ५, २०८२

तमोरले पार गर्‍यो खतराको तह

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- तमोर नदीले धनकुटाको मूलघाटमा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको जानकारी दिएको छ।

नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन भनिएको छ।

मनसुन भित्रिएको साता दिन नबित्दै पूर्वी पहाडी जिल्ला बाढीपहिरोको चपेटामा परेका छन्। ताप्लेजुङ, पाँचथर र संखुवासभामा २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।

प्रकाशित: Jun 18, 2023| 11:22 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्