सोमबार, वैशाख २८, २०८३

आज प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा  बिहान ११ बजे बैठक सुरु हुनेछ। 

National life

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन्। 

 

78781687059509.jpg

प्रकाशित: Jun 18, 2023| 09:21 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्